
कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको सरुवा भएको छ। सरकारले सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) नियुक्त गरेको छ। कैलाली, अछाम र डडेल्धुरामा सिडिओको नयाँ व्यवस्थापन गरिएको हो।

कैलालीमा कृष्णप्रसाद लम्सालको स्थानमा हिरालाल रेग्मी नियुक्त भएका छन्। अछामका सिडिओ आनन्द सारुको सरुवा गरेर बिष्णुप्रसाद कोइराला पठाइएको छ। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको स्थानमा भने अहिलेसम्म नयाँ सिडिओ नियुक्त गरिएको छैन।

गृह मन्त्रालयले आइतबार विभिन्न जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको सरुवा तथा नयाँ नियुक्ति गरेको जानकारी दिएको छ। यस नियुक्तिपछि जिल्लामा प्रशासनिक व्यवस्थापन बलियो हुने र स्थानीय विकास कार्यमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।

































