अत्तरियाको प्रतिभा सामुदायिक पुस्तकालयको १६औँ साधारण सभा सुरु, नयाँ कार्यसमिति चयन हुदै

Image
Nisarga Hospital

कैलालीः अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको १६औँ साधारण सभा सुरु भएको छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टि.एन. जोशीले पुस्तकालयको हलमा भएको साधारण सभा तथा ८औँ अधिवेशन उद्घाटन गरेका हुन्।

CP Hospital Dhangadhi

सभा पुस्तकालयका आजीवन सदस्यसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सञ्चालन भइरहेको छ। साधारण सभामा आजै नयाँ कार्यसमिति चयन गरिनेछ।

यसअघि साधारण सभा पहिलो पटक भदौ ७ गते बोलाइएको थियो, तर आवश्यक गणपूरक संख्या नपुगी स्थगित भएको थियो। दोस्रो प्रयास भदौ २८ मा गरिएको भए पनि देशको परिस्थितिका कारण स्थगित भयो।

असोज २५ मा बोलाइएको १६औँ साधारण सभामा पनि आवश्यक गणपूरक संख्या नपुगी बैठक स्थगित हुन पुगेको थियो। यस पटक सभा सफलतापूर्वक सुरु भएसँगै पुस्तकालयको कार्यसमिति चयन र आगामी कार्यक्रम तय हुने अपेक्षा गरिएको छ।