बेलौरी खुलामञ्चमा सुरु हुँदैछ श्रीरामलीला मञ्चन — धर्म, संस्कृतिको निरन्तरता र सामाजिक प्रेरणा

Image
Nisarga Hospital

बेलौरी सांस्कृतिक तथा रामलीला समिति, बेलौरी, कञ्चनपुर द्वारा आयोजित श्रीरामलीला मञ्चन कार्यक्रम आजदेखि सुरु हुँदैछ।

CP Hospital Dhangadhi

मिति: २०८२ साल कार्तिक १५ गतेदेखि २०८२ साल कार्तिक २५ गतेसम्म
समय: साँझ ७:०० बजेदेखि
स्थान: बेलौरी खुलामञ्च, बेलौरी, कञ्चनपुर

यस पावन अवसरमा सम्पूर्ण श्रद्धालु, भक्तजन, अग्रज, युवा तथा नयाँ पुस्ताका सहभागीहरूमा हार्दिक स्वागत र मंगलमय शुभकामना!

यो कार्यक्रम केवल धार्मिक अनुष्ठान मात्र नभई, बेलौरीको रामलीलाको ऐतिहासिक गौरव र सांस्कृतिक पहिचानको निरन्तरता हो। यसले बेलौरीको पुरानो सांस्कृतिक इतिहासलाई पुनर्जीवित गर्दै अग्रज, गुणीजन, सचेत युवा र नयाँ पुस्ताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ। हाम्रो धर्म–संस्कृतिको पुस्तान्तरणमा यस समितिको योगदान अतुलनीय छ।

यस पुनीत कार्यमा उमेर, कठिन परिस्थिति वा व्यक्तिगत चुनौतीलाई बेवास्ता गर्दै समर्पणपूर्वक सहभागिता जनाउनु हुने जेष्ठजन, भक्तजन र स्वयंसेवक सबैमा कोटि–कोटि प्रणाम।

यस पावन घडीमा भगवान् श्रीराम, माता सीता र पुरुषार्थी लक्ष्मणजीका आदर्शबाट हामी सबैले निम्न जीवनमूल्यहरू ग्रहण गर्न सकोस् — मातृपितृ र गुरु आज्ञापालन, जन्मभूमिप्रतिको अगाध प्रेम, सामाजिक न्याय, सत्य र रामराज्यको शुशासन।
नयाँ पुस्तामा असत्य र अहंकारविरुद्ध लड्ने साहस, धर्म र करुणाको भावना जगोस्।

त्यसैगरी, खुलामञ्च परिसर वरपर रहेका सामाजिक समस्या र बेथितिप्रति पनि हाम्रो ध्यान जाओस्। न्याय, पारदर्शिता, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सबैको साझा पहल होस्। सत्य र ज्ञानको पक्षमा भजनकीर्तनमा मात्र होइन, व्यवहारिक जीवनमा पनि श्रीरामका वंशजका रूपमा न्यायको आवाज बुलन्द गर्न प्रेरणा मिलोस्। यस वर्षको रामलीलाले हाम्रो समाजलाई अझ जीवन्त, उपयोगी र मूल्यवान् बनाओस्।

भगवान् श्रीरामलाई “मर्यादा पुरुषोत्तम” भनिनुको कारण र पाँच शिक्षाप्रद मूल्यहरू

१) कर्तव्यपरायणता:
श्रीरामले व्यक्तिगत इच्छा र सुखभन्दा धर्म र कर्तव्यलाई प्राथमिकता दिनुभयो।
उदाहरण: पिताको वचन पालन गर्न १४ वर्ष वनवास जानुभयो।

२) सत्य र मर्यादाको पालन:
उहाँले कहिल्यै झूट बोल्नुभएन, न छलकपट गर्नुभयो।
प्रत्येक सम्बन्धमा — पुत्र, दाजु, पति र राजा — मर्यादाको पालन गर्नुभयो।

३) धैर्य र सहनशीलता:
अन्याय र अपमानका अवस्थाहरूमा पनि श्रीरामले आत्मसंयम र शान्त निर्णय लिनुभयो।

४) आदर्श पारिवारिक सम्बन्ध:
लक्ष्मणसँगको भाइप्रेम, सीतासँगको पतिप्रेम, र जनताको लागि त्याग — यी सबैमा उहाँ आदर्श हुनुहुन्थ्यो।

५) नेतृत्व र न्यायप्रियता:
रामराज्य न्याय, समानता र शान्तिको प्रतीक थियो।
उहाँले शासनमा धर्म, करुणा र अनुशासनलाई प्रमुख बनाउनु भयो।

सम्पर्क नं.: ९८४८८२०५८८, ९८४८८२०२७२
आयोजक: बेलौरी सांस्कृतिक तथा रामलीला समिति
बेलौरी, कञ्चनपुर

✍️ लक्ष्मण दियाल
बेलौरी, कञ्चनपुर