कैलाली कारागारबाट भागेका २५६ कैदी अझै फरार

Image
Nisarga Hospital

जेन–जी आन्दोलनका क्रममा भदौ २४ मा कैलाली कारागारबाट ६६५ कैदीबन्दी फरार भएका थिए, जसमा अहिलेसम्म २५६ जना अझै पक्राउ परेका छैनन्। कारागारका जेलर चिरञ्जीवी सापकोटाका अनुसार सरकारले घटनापछि भदौ २६ मा सूचना जारी गरी फरार कैदीहरुलाई असोज २० भित्रै फर्कन भनेको थियो। तर तोकिएको समय बितिसक्दा पनि २५६ कैदी सम्पर्कमा आएका छैनन्।

CP Hospital Dhangadhi

सोमबारसम्म ३९६ जना कैदीबन्दी कारागारमा फर्केका छन्। यसमा अन्य कारागारबाट फरार भएका २० जना कैदी कैलाली कारागारमा फर्केका छन् भने कैलालीबाट फरार भएका ११ जना अन्य कारागारमा पुगेका छन्। कानुनी प्रक्रियाअनुसार केही कैदी थुनामुक्त पनि भएका छन्।

भदौ २४ गते दिउँसो आन्दोलनकारीको ठूलो समूहले कारागारको बाहिरी गेट तोडेको थियो। घटनामा कैदीबन्दी र आन्दोलनकारीबीच झडप नहुँदा कोही हताहत भएनन्। त्यही क्रममा कारागारको गाडी आगजनी र प्रहरीका स्कुटर, साइकिल तोडफोड भए। २१ भारतीय कैदीबन्दीमध्ये १९ अझै फरार रहेका छन्।