सुदूरपश्चिम प्रदेश: सांसद र मन्त्रीका स्वकीय सचिवालय नहटाउने सर्वदलीय समझदारी

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलबीच प्रदेश सांसद र मन्त्रीका स्वकीय सचिवालय कटौती नगर्ने समझदारी भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार धनगढीमा बसेको सर्वदलीय बैठकले ऐनअनुसार सांसदको स्वकीय सचिव सुविधा र मन्त्रीका सचिवालय कायम राख्ने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

संसद् र मन्त्रीका स्वकीय सचिवालय कटौती गर्न संघीय सरकारले दिएको निर्देशन प्रदेशको अधिकारमाथि हस्तक्षेप हुने भएकाले सर्वदलीय बैठकमा असन्तुष्टि व्यक्त भएको थियो। बैठकमा दलका प्रतिनिधिहरूले स्वकीय सचिवको तलब भुक्तानीका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

अनौपचारिक समझदारीअनुसार मन्त्रीका सचिवालयमा रहेका परिवार सदस्यलाई हटाएर आवश्यक व्यक्ति राखिने निर्णय पनि भएको छ। साथै, सुरक्षा संयन्त्र बलियो बनाउने, प्रदेश सभा यथाशीघ्र सञ्चालन गर्ने र आगामी आवश्यक निर्णय प्रदेश सरकारले गर्ने निर्णय सर्वदलीय बैठकले जनाएको छ। सभामुख, पूर्वमुख्यमन्त्री, दलका उपनेता र प्रमुख सचेतक लगायत प्रमुख नेताहरू बैठकमा सहभागी थिए।