बैतडीको मेलौली भगवती जात्राबाट २ लाख ८० हजारभन्दा बढी आम्दानी, समितिले खर्च विवरण चाँडै सार्वजनिक गर्ने

Image
Nisarga Hospital

बैतडीः प्रसिद्ध मेलौली भगवती मन्दिरमा यस वर्ष आयोजित जात्राबाट मेलौली धार्मिक सेवा समितिले २ लाख ८० हजार ५ सय २ रुपैयाँ आम्दानी गरेको जनाएको छ। बिहीबार समितिले जात्राको आम्दानी विवरण सार्वजनिक गर्दै पारदर्शी व्यवस्थापनमा जोड दिएको हो।

CP Hospital Dhangadhi

समितिका अध्यक्ष जगदीशसिंह नायकका अनुसार, व्यवसायिक स्टलबाट २ लाख ४ हजार ४ सय १५ रुपैयाँ, सेवा दर्ताबाट २९ हजार ७६५ रुपैयाँ, दानपेटीबाट १ हजार ३३० रुपैयाँ र सेवाभेटीबाट ४ हजार ७९२ रुपैयाँ आम्दानी भएको छ। साथै समितिको खातामा १३ हजार २०० रुपैयाँ थप जम्मा भएको उल्लेख छ।

समितिले जात्रामा भएको खर्च विवरण केही दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको बताएको छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मनाइने यो जात्रामा हजारौं भक्तजनहरूको सहभागिता हुने गर्दछ। भक्तिभाव, संस्कृति र एकताको प्रतीकका रूपमा मेलौली भगवती मेला सुदूरपश्चिमकै प्रमुख धार्मिक आकर्षण बनेको छ।