
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरको जिल्लामा हालसम्म ३,१२५ नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सङ्गीता विष्टका अनुसार नयाँ मतदातामा पुरुष १,६८९ र महिला १,४३६ रहेका छन्। यसमध्ये बाह्य जिल्लाका पुरुष १३७ र महिला ९१ जना छन्।

मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रक्रिया असोजदेखि सुरु भएको थियो। म्याद कात्तिक मसान्तसम्म रहेको भए पनि आयोगले उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै म्याद मङ्सिर ५ गतेसम्म बढाएको छ। नाम दर्ताका लागि राष्ट्रिय परिचयपत्र वा प्रि–रजिष्ट्रेसन सिस्टममार्फत आवेदन गर्न सकिन्छ, जसमा फोटो र औँठाछापको विवरण आवश्यक छ।
जिल्लामा १३२ मतदातनस्थल र ३४६ मतदान केन्द्र रहेका छन्। केही मतदानस्थल मात्र सराइएको छ । वडा नं ५ को नगरपालिका भवन कञ्चन बहुमुखी क्याम्पसमा र वडा नं ८ को स्वास्थ्यचौकी भवन विणा माध्यमिक विद्यालयमा। सबै मतदानस्थल अपाङ्ग, महिला र ज्येष्ठ नागरिकमैत्री बनाइने जानकारी सूचना अधिकारी भानबहादुर महराले दिएका छन्।


























