धनगढीमा यस वर्ष पनि सीप तथा रोजगार मेला आयोजान हुने, अनलाइन मार्फत पनि आवेदन गर्न सकीने

Image
Nisarga Hospital

धनगढी : धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेला २०८२ को आयोजना गर्ने भएको छ । सीप मेला आउने माघ ५ देखि फागुन १२ गते सम्म धनगढी खुला मञ्चमा सञ्चालन गर्ने हुने भएको हो ।

CP Hospital Dhangadhi

गत बर्ष ८ विधाका २९ वटा सेक्टरमा रोजगार मेला आयोजना गरेको यो उपमहानगरपालिकाले यस बर्ष ७ विधाका २२ सेक्टरमा गर्ने जनाएको छ । सीप मेलामा ९ वटै जिल्लाबाट अनलाईन तथा अफलाईन माध्यामबाट आवेदन दिन सकिने धनगढी उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जानकारी दिए । सीप मेला ३० दिन सम्म सीप विकास र बाँकी १० दिन परामर्श सम्बन्धि कार्यशाला र रोजगार मेला सञ्चालन हुने अधिकृत खातीले बताए ।

nawajiwan
Attariya Hospital

रोजगार मेलामा अटो मोबाइल, आइसीटि, हस्पीटालिटि, शैक्षिकरसर्भिस तथा आर्ट, क्राप्ट डिजाईनिङ, निर्माण र मेकानिकल गरी इभि गाडी मर्मत, फोटो ग्राफि तथा ड्रोन अपरेसन, डिजिटल मार्केटिङ, मास्टफुड, पुरोहित, एडभान्स ब्युटिसियन, बेतबाँस हस्तकला, सांस्कृतिक पोशाक, बुटिक तथा कढाई, प्लबिङ, मोबाइल मर्मत लगायतका तालिम प्रधान गरिने जनाएको छ ।

गत बर्ष मेलामा सहभागि हुन सुदूरपश्चिम प्रदेशका ९ जिल्लाबाट गरी करिव ५ हजारको आवेदन परेको थियो । यसमध्ये १ हजार ४० जना मेलामा सहभागिता गराईएको थियो । रोजगार मेलामा सहभागि मध्ये हाल ४७ प्रतिशत रोजगारमुलक रहेको धनगढी उपमहानगरका उप्रमुख कन्दकला रानाले बताईन् ।

यस बर्ष आयोजना हुने मेलामा उमहानगरपालिकाको १ करोड ५९ लाख बजेट रहेको र बाँकी रकमका लागि विभिन्न निकायसंग समन्वय गरिरहेको जनाएको छ ।