
रमेश बहादुर सिंह /बझाङः निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पुगेका नेपाली नागरिकता प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि निर्वाचन कार्यालयमा बझाङमा उपस्थित भएर ९३३ र मतदाता परिचयपत्रका लागि अनलाईन प्रणाली बाट विवरण भर्न पाउने र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकको आधारमा १ हजार ४ सय ३३ जना गरी जम्मा २ हजार ३ सय ४५ नया मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय बझाङका कार्यालय प्रमुख बसन्त बहादुर धामीले जानकारी बताउनु भयो ।

अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता परिचयपत्र बनाउन निर्वाचन आयोगले असोज १० गते देखी मंसिर ०५गते सम्म मतदान नामावली संकलन आवेदन आह्वान गरेपछि बझाङमा सो संख्यामा मतदाता थपिएका हुन ।

२ हजार ३ सय ४५ मतदाता थपिए संगैं बझाङ जिल्लामा हाल सम्म कुल मतदाताको संख्या १ लाख २५ हजार १ सय ८५ पुगेको छ । जसमा महिलाको संख्या ६२हजार २६ र पुरुषका संख्या ६३ हजार ७ सय ५३ जना रहेको कार्यालय प्रमुख धामिले बताउनु भयो । मतदाता नामावली दर्ता संगै त्रुटी सच्याउने र मतदाता केन्द्र परिवर्तन गर्ने कार्य समेत भईरहेको उहाँले बताउनुभयो ।

पहाडी जिल्ला बाट बसाईसराई गर्नेको संख्या बढिरहेको समयमा यो संख्यामा मतदाता थपिनु उत्साहजनक रहेको उहाँको भनाई छ ।
































