आज फेरी घट्यो सुनको मूल्य ! सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

आज नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमै घटेको छ भने चाँदीको भाउ भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ४०० ले घटेर रु २,४८,४०० मा कायम भएको छ। हिजो सोही सुनको मूल्य रु २,४८,८०० थियो।

CP Hospital Dhangadhi

चाँदीको मूल्य भने उल्टो बढेको छ। आज चाँदी प्रतितोला रु ६० ले वृद्धि भई रु ३,२८० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य रु ३,२२० थियो।

अन्तरराष्ट्रिय बजारमा पनि सुन–चाँदीको मूल्यमा परिवर्तन देखिएको छ। आज एक औँस सुन ४,१५४ अमेरिकी डलर मा कारोबार भइरहेको छ भने चाँदी ५३ डलर मा पुगेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्थानीय तथा विश्व बजार दुबैमा देखिएको यो उतार–चढावले सुन–चाँदीमा कारोबार गर्ने तथा लगानी गर्नेहरूलाई सतर्क रहन विशेषज्ञहरूले सुझाव दिएका छन्।