
अत्तरिया : बझाङको सैपाल आसपास केन्द्रविन्दु बनाएर आइतबार मध्यान्ह १२:०९ बजे ४.४ रेक्टरस्केलको भूकम्प गएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रले जनाएको छ।


सैपाल हिमाल क्षेत्रलाई केन्द्रविन्दु बनाइ आएको कम्पनले बझाङसँगै बाजुरामा पनि अनुभव गरिएको थियो। हालसम्म मानवीय क्षति वा भौतिक नोक्सानीबारे कुनै विवरण सार्वजनिक भएको छैन। स्थानीयबासी सतर्क रहन आग्रह गरिएको छ।
































