नेपाली बजारमा डिजेल–मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगो

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगम सञ्चालक समितिको आइतबारको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाउने र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

साविक मूल्य अनुसार डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। आन्तरिक हवाई इन्धन प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौंका लागि प्रति किलोलिटर ४२ अमेरिकी डलरले बढाइएको छ। निगमले पेट्रोल र एलपी ग्यासको मूल्य हाल यथावत राख्ने जनाएको छ।