कञ्चनपुरको गौरीघाट सामुदायिक वनमा २ घण्टाको अबधिमा १६४ वटा रुखहरु अबैध रुपमा कटान🌳🚨

Image
Nisarga Hospital

कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वन क्षेत्रबाट मंसिर ११ गते अवैध रूपमा रुख काटिएको घटनाले स्थानीय र वन अधिकारीहरूमा चिन्ता बढाएको छ। सामुदायिक वनकी अध्यक्ष कुमारी बोहराले रुख काट्नेहरुको पहिचान नखुलेको बताएकी छन्।

CP Hospital Dhangadhi

सामुदायिक वन २०५५ सालदेखि संरक्षणमा रहेको हो। स्थानीयका अनुसार, बस्तीको बिचमा फैलिएको करिब २० बिघा वन क्षेत्रबाट सुकेका रुख कटान गरी लैजाने प्रयास भैरहेको थियो। वन क्षेत्र संरक्षणमा समस्या भएपछि अध्यक्ष बोहराले आफू धनगढी अस्पताल गएको समयमा रुख कटान भएको जानकारी पाएकी थिइन्। वडा अध्यक्ष घुम्मन रानाले पनि मंसिर ११ गते आफ्नो अनुपस्थितिमा रुख कटान भएको र प्रहरीमार्फत मात्रै थाहा पाएको बताए।

अवैध रुख कटानको विषय सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कञ्चनपुरले अनुसन्धान सुरु गरेको छ। साथै, डिभिजन वन कार्यालय कञ्चनपुरले वन अधिकृत भरत शाहको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको छ।

सव-डिभिजन वन कार्यालय पिपरैयाले बुझाएको प्रतिवेदनअनुसार, सामुदायिक वन क्षेत्रबाट खयर र सिसमका कुल १६४ रुख काटिएको तथ्य फेला परेको छ। अनुसन्धान टोलीले यस घटनामा संलग्न दोषीको पहिचान गरी कडा कारबाही गर्न सुझाव दिएको छ।

स्थानीय र वन अधिकारीहरूले सामुदायिक वनको संरक्षणका लागि सचेत रहनु आवश्यक रहेको भन्दै यस किसिमको अवैध गतिविधि रोक्न कडा निगरानी गर्नुपर्नेमा जोड दिएका छन्।

यस घटनाले स्थानीय वन संरक्षण प्रणालीमा कमजोरी उजागर गरेको र भविष्यमा यस्ता गतिविधि रोक्न कडा कदम चाल्नुपर्ने आवश्यकता देखाएको छ।