नवज्योति कृषि सहकारी संस्था लि.को १७‍औँ साधारण सभा सम्पन्न ९ जनालाई सम्मान

Image
Nisarga Hospital

धनगढी: धनगढी–७ स्थित नवज्योति कृषि सहकारी संस्था लि. को १७औँ साधारण सभा अध्यक्ष मेघनाथ रानाथारुको सभाध्यक्षतामा सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

सभामा अध्यक्ष मेघनाथ रानाले २०८२ असार मसान्तसम्मको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा १३३८ जना शेयर सदस्य रहेको जानकारी दिनुभयो। प्रतिवेदनअनुसार, निक्षेप रकम रु. १७ करोड २७ लाख, चुक्ता शेयरपूँजी रु. १ करोड ५२ लाख, जगेडा कोष रु. १ करोड १५ लाख, लगानी रु. ११ करोड ५९ लाख ९५ हजार, र शुद्ध नाफा रु. ९ लाख ६६ हजार पुगेको छ।

उक्त कार्यक्रममा लेखा परीक्षण प्रतिवेदन रु. २० करोड ६९ लाख बराबरको व्यवस्थापक उग्रसेन रानाले प्रस्तुत गर्नुभयो। साथै, अनुमानित बजेट रु. २४ करोड ६५ लाख बराबर ऋण अधिकृत पृथ्वी रानाले पेश गर्नुभयो। कर्जा तथा निक्षेपमा थप–घट सम्बन्धी प्रतिवेदन ऋण समितिका सदस्य जगतराम रानाले प्रस्तुत गरे।

सभामा सुप प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन राना, धनगढी–७ का वडाध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष सिताराम राना, धनगढी–१७ का वडाध्यक्ष माधवराज राना, वडा सदस्य बासु रानाथारु लगायत शेयर सदस्यहरुको उल्लेखनीय उपस्थिति थियो।

साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष सिताराम राना, सदस्य चनकलाल चौधरी, सल्लाहकार सदस्य बालसुग्रीव राना, उपसमितिका नरेश राना, संस्थापक कोषाध्यक्ष बिन्द्रा राना, जेष्ठ नागरिक साहेव राना र मन्सा राना, असल ऋणी भगवानदिन राना र पानमती रानालाई सम्मान गरिएको छ।

कार्यक्रम सञ्चालन सचिव मनोज विक्रम चौधरीले गर्नुभयो भने स्वागत मन्तव्य संस्था उपाध्यक्ष भिराराम रानाले व्यक्त गर्नुभयो। शेयर सदस्यका तर्फबाट अन्तराम चौधरी र कौसिल्ला रानाले मन्तव्य व्यक्त गरे।