
कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित १९औँ सुदूरपश्चिम महोत्सव–२०८२ मा स्वास्थ्य तथा सामाजिक सेवामा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै डा. मोहन साउद सम्मानित हुनुभएको छ।

विगत १७ वर्षदेखि स्वास्थ्य सेवामा समर्पित रहँदै निरन्तर उत्कृष्टता र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएका डा. साउदले बाल रोग विशेषज्ञ, माया मेट्रो अस्पतालका चिकित्सा निर्देशक र समाजसेवीको रूपमा सेवा प्रदान गर्दै आउनुभएको छ।
उहाँको योगदानले सुदूरपश्चिम क्षेत्रका हजारौं बिरामी र परिवारहरूलाई राहत, स्वास्थ्य सुरक्षा र गुणस्तरीय उपचार उपलब्ध गराएको छ। स्वास्थ्य क्षेत्रको विकासमा उहाँको नेतृत्व र अनुभवलाई उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको हो।
माया मेट्रो अस्पताल परिवारका तर्फबाट डा. मोहन साउदलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दै, भविष्यमा अझ सशक्त र उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर योगदान दिन प्रेरित रहन अनुरोध गरिएको छ।




























