
अत्तरियाः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ मा सात जना उम्मेदवारले नाम दर्ता गरिसकेका छन्। पूर्व सांसद वीरबहादुर बलायर, विजय कुँवर, लोकराज पाण्डे ‘आगो’, दिनेशराज जोशी, नैन सिँह महर, टेक राज जोशी र युवा प्रतिनिधि भुवन महरा यस सूचीमा रहेका छन्।

युवा नेता लोकराज पाण्डे ‘आगो’ लामो समयदेखि सामाजिक न्याय, स्थानीय विकास र स्वास्थ्य क्षेत्रमा सक्रिय छन्। उनले ‘गेटा मेडिकल विश्वविद्यालय’ स्थापना, अखण्ड शिक्षा, हिन्दुवादी मुद्दा, खाद्य आन्दोलन र अन्य दर्जनौं सामाजिक अभियान्ताहरू नेतृत्व गर्दै आएका छन्। पार्टीभित्र पटक–पटक टिकट माग गर्दा पनि उनले पार्टी नेतृत्वप्रति समर्पित भई आफ्नो सामाजिक भूमिकामा सक्रियता देखाएका छन्।
उहाँको नेतृत्वमा भएको पहलले युवा पुस्ताको सहभागिता बढाउने मात्र होइन, सामाजिक न्याय र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने दिशामा पनि काम गरेको छ। ‘आगो’ले उठाएका मुद्दाहरूमा स्थानीय समुदायको समर्थन रहेको छ, जसले उनलाई प्रतिनिधि सभा सदस्यको योग्य उम्मेदवारको रूपमा प्रस्तुत गरेको छ।
नेपाली कांग्रेस कैलाली–४ का नेताहरुका अनुसार, ‘आगो’को अनुभव, सक्रिय नेतृत्व र सामाजिक अभियान्ता रूपमा योगदानले आगामी निर्वाचनमा पार्टीलाई मजबूत प्रतिनिधित्व दिलाउने विश्वास छ। स्थानीय युवाहरू, महिला र सामाजिक संस्थाहरूले पनि उनको उम्मेदवारीमा पूर्ण समर्थन जनाइरहेका छन्।
यसैगरी, ‘आगो’ले निर्वाचनमा आफ्नो प्राथमिकता सार्वजनिक गर्दै गेटा मेडिकल विश्वविद्यालयको स्थापना, स्वास्थ्य सेवा सुधार, शिक्षा पहुँच विस्तार र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय विकास र सामाजिक सशक्तिकरणका अभियानमा उनको निरन्तर सक्रियता, अनुभव र जनसहभागिता आगामी फागुन २१ को निर्वाचनमा उनलाई कैलाली–४ का मतदाताबीच प्रभावशाली उम्मेदवार बनाउने मुख्य आधार बनेको छ।




























