सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हदै छ कारोबार ?

Image
Nisarga Hospital

नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ७०० रुपैयाँ पुगेको छ, जसमा मंगलबारको मूल्यभन्दा ७०० रुपैयाँ वृद्धि भएको हो।

CP Hospital Dhangadhi

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा ३ हजार ८८५ रुपैयाँ कायम भएको चाँदी बुधबार ४ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको हल्का बढोत्तरी र स्थानीय माग–पूर्तिका कारण मूल्य वृद्धि भएको हो।

उपभोक्ताले दैनिक बजार मूल्यको जानकारी राख्न आवश्यक रहेको व्यवसायीहरूले सुझाव दिएका छन्। सुन र चाँदीमा यस्तो सामान्य मूल्य वृद्धिले लगानीकर्तालाई अलिकति लाभ हुने अनुमान गरिएको छ। आगामी दिनमा अन्तर्राष्ट्रिय बजार र स्थानीय माग–आपूर्तिको आधारमा मूल्यमा थप उतार–चढाव हुने सम्भावना रहेको व्यवसायीहरूले बताएका छन्।