सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण ,आजका लागि कतिमा हुँदै छ सुनचादीको कारोबार

Image
Nisarga Hospital

सुनको मूल्य मंगलबार एकैदिनै ५,५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २,६१,७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २,६७,२०० रुपैयाँमा पुगेको हो। यो मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ।

CP Hospital Dhangadhi

सुनको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नु, अमेरिकी डलरको कमजोर स्थिति र लगानीकर्ताको आकर्षण मुख्य कारण रहेको व्यवसायीहरूले बताएका छन्।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ।

सोमबार तोलामा ४,२३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य मंगलबार बढेर ४,२५५ रुपैयाँ पुगेको छ। व्यवसायीहरूका अनुसार चाँदीमा मूल्य वृद्धिको कारण पनि सुनजस्तै अन्तर्राष्ट्रिय बजारमा माग बढ्नु र आर्थिक अस्थिरता हो।

विशेषज्ञहरूले लगानीकर्तालाई सुन र चाँदीमा छोटो–मध्यम अवधिको लगानी सुरक्षित रहन सक्ने सुझाव दिएका छन्।