गोदावरी–१ मा रास्वपाको वडा अधिवेशन सम्पन्न, सभापतिमा राम बहादुर खडायत चयन

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगरपालिका–१ को प्रथम वडा अधिवेशनबाट राम बहादुर खडायत वडा सभापतिमा चयन भएका छन्। शनिबार सम्पन्न अधिवेशनले नयाँ वडा समिति सर्वसम्मत रूपमा चयन गरेको हो।

CP Hospital Dhangadhi

समितिको उपसभापतिमा बसन्ती भट्ट र सचिवमा सिता खड्का चयन भएका छन्। यस्तै सदस्यहरूमा कमला खडायत बोहरा, नरेन्द्र बहादुर खडायत, करन सिंह बोहरा, नर बहादुर ऐर र कर्ण बहादुर बोहरा चयन भएका छन्।

Attariya Hospital

रास्वपाका गोदावरी नगर अध्यक्ष दीपक ओझाको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा प्रदेश सहमहामन्त्री गणेश बोहरा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै बोहराले पछिल्लो समय रास्वपाको संगठन विस्तार तीव्र गतिमा भइरहेको उल्लेख गर्दै पार्टी बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै गएको बताए।

nawajiwan

उनले विगतमा रास्वपामा आबद्ध भएकै कारण विभिन्न प्रकारका हेपाहा प्रवृत्ति देखिएको स्मरण गराउँदै अहिले समय परिवर्तन भइसकेको र पार्टीप्रति जनविश्वास बढ्दै गएको बताए।