
खेलाडी नयाँ आभास भयो खेल उस्तै छ,
समश्या सधै एकनास भयो खेल उस्तै छ।
नजित भयो न हारभयो खेलको मैदानमा,
हुनेसम्मको धेरै तमास भयो खेल उस्तै छ।
देशलाई फूटबल बनाएर खेल्दै छन् छोरा,
न विकास न निकास भयो खेल उस्तै छ।
म छोरा भ एको के फाइदा भयो देशलाई,
देशभक्तको उपहास भयो खेल उस्तै छ।
युवा बिहिनछ देश मोर्दाको छैनन् मलामि,
सपना सधै सत्यनास भयो खेला उस्तै छ।
दलाल भएका अधिकाँश नेता विदेशीको,
संसदमा पनि बक्वास भयो खेला उस्तै छ।

॥१॥
योजना केछ तिमिसँग खास नयाँ पुस्ता,
गर्छौ किन यो देशमा तमास नयाँ पुस्ता।
अचानो बनाउलान तिमिलाई नि दुश्मन्,
तिम्रै नाममा गर्दैछन् वकवास नयाँ पुस्ता।
यो देशका युवाहरूको चढाइरहेका बली,
पल्केका छन् विदेशीकै दास नयाँ पुस्ता।
चिन्न नपाउँदै आफ्नो परायालाई आफैले,
जीवननै गर्नथाल्यो सत्यनास नयाँ पुस्ता।
पायो के गुमायौं जलायौँ सम्पती देशको,
कस्ले भन्यो तिम्लाई स्यावास नयाँ पुस्ता।
बरकरार छ देशमा उस्तै दुश्मनको नजर,
जीउँदै बनेका छौ किन लाश नयाँ पुस्ता।

॥२॥
काम राम्रो नगरेपनि किन सम्मान खोज्छन्,
आफ्नो समस्य अर्कैबाट समाधान खोज्छन्।
घाटमा जलाई फर्किन्छन् आफै खरानी पारी,
उनै खरानीमा स्वर्ग नर्ककै उखान खोज्छन्।
आफैले बनाए तरासेर ढुङ्गे मूर्ति गज्जबको,
आश्चार्या लाग्छ त्यसैमा भगवान खोज्छन्।
यो संसार केहो यो समाज के बुज्नै छ गारो,
जसले खोस्यो सातो उसैमा परान खोज्छन्।
दुई ढुङ्गा बिचको तरूल झैँ छ देश हाम्रो यो,
हामी सँग उनैले पनि किन लगान खोज्छन्।
छैन मर्दाको मलामि देशमा न विहेको जन्ती,
बञ्जर बनाई बारी युवाले जापान खोज्छन्।
॥३॥






























