धनगढीमा न्यू इयर इभ २०२६: संगीत, हास्य र नृत्यसँग मनाउने अवसर

Image
Nisarga Hospital

कैलालीको धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित सौंराई स्क्वायरले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा विशेष ‘न्यू इयर इभ’ कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रम पुस १६ गते साँझ ७ः०० बजे सुरु भई राति १२ः०० बजेसम्म चल्नेछ।

CP Hospital Dhangadhi

कार्यक्रममा रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्ले, सनम परियारले विशेष सांगीतिक प्रस्तुति दिनेछन् भने कमेडियन प्रेम पौडेलले मनोरञ्जनात्मक हास्य प्रस्तुत गर्नेछन्। त्यस्तै, मोडेल पुष्पा बोहरा र अनु खड्काले नृत्य प्रदर्शन गर्नेछन्।

Attariya Hospital

कार्यक्रमको उद्घोषणा रमा चन्द र गुनाकर पनेरूले गर्नेछन्। सौंराई स्क्वायरका सञ्चालक उमेश बिक्रम शाहले सबैलाई कार्यक्रममा सहभागी भई नयाँ वर्षको उत्सव मनाउन निमन्त्रणा गरेका छन्।

nawajiwan

स्थानीय युवा तथा परिवारहरूले सांगीतिक, हास्य र नृत्यको संगममा रमाउँदै नयाँ वर्षलाई उत्साहपूर्वक स्वागत गर्ने अवसर यस कार्यक्रममा पाउनेछन्।