सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण, आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपालको सुनचाँदी बजारमा आज पुनः मूल्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेको हो।

CP Hospital Dhangadhi

आइतबार प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन आज बढेर २ लाख ६५ हजार रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको दर तथा विश्व आर्थिक अवस्थाको प्रभावका कारण सुनको मूल्य बढेको व्यवसायीहरू बताउँछन्।

Attariya Hospital

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ। आज चाँदी प्रतितोला १८५ रुपैयाँले बढेको हो। आइतबार प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको छ। पछिल्लो समय लगानीकर्ताहरू सुरक्षित लगानीको विकल्पका रूपमा सुनचाँदीतर्फ आकर्षित भइरहेकाले मूल्यमा निरन्तर उतारचढाव देखिएको छ।

nawajiwan

मूल्य वृद्धिसँगै गहना खरिदमा उपभोक्ता केही हदसम्म सतर्क बनेका छन् भने व्यवसायीहरूले बजारको अवस्था बुझेर कारोबार गर्न आग्रह गरेका छन्।