बाह्रदेउ ज्यावन समाज कैलालीको नयाँ कार्यसमिति चयन, जय बहादुर धामी अध्यक्ष

Image
Nisarga Hospital

अत्तरियाः बाह्रदेउ ज्यावन समाज कैलालीको नयाँ कार्यसमिति शनिबार सम्पन्न छैठो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनमा चयन भएको छ। अधिवेशनले जय बहादुर धामीलाई अध्यक्षमा चयन गर्दै १५ सदस्यीय कार्यसमिति घोषणा गरेको हो।

CP Hospital Dhangadhi

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नरेश बोहरा, उपाध्यक्षमा जसमल बोहरा, सचिवमा नरदीप धामी, कोषाध्यक्षमा सुस्मा केसी र सहसचिवमा अर्जुन बोहरा चयन भएका छन्। सदस्यमा जसविर बि.क, विस्मती धामी, मोहन बोहरा, पानसरा कुमारी जाग्री, गगन धामी, जगत धामी, हर्क धामी, भान ब. ठगुन्ना र लाल बहादुर धामी रहेका छन्।

Attariya Hospital

निर्वाचन समिति संयोजक कृष्ण बहादुर धामीका अनुसार, नयाँ चयनित कार्यसमितिले शनिबारै सपथ ग्रहण गरेको छ।

nawajiwan

समाजले आगामी वर्षमा सांस्कृतिक, सामाजिक र समुदायसँग सम्बन्धित कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य राखेको छ। नयाँ कार्यसमितिको गठनले समाजको संगठनात्मक मजबुती र सक्रियतालाई थप बल दिने विश्वास व्यक्त गरिएको छ।