अत्तरियाका व्यवसायी महताद्वारा गोदावरी ज्येष्ठ नागरिक समाजलाई खाजा सहयोग

Image
Nisarga Hospital

अत्तरियाः

CP Hospital Dhangadhi

चुनाव नजिकिँदै जाँदा झन झन राष्ट्रिय स्वतन्त्र पार्टीको हुरी नै चलेको छ। देशैभरि ठूला–ठूला सभा, भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीको नारा लागदै गएको छ। जसले जनता पुराना पार्टीबाट निराश भई नयाँ खोज्दै गएको देखिन्छ।

नेपालमा २००७ सालमा निरंकुश राणा शासनको विरोध गर्दै लोकतन्त्रको आवाजमा स्वर  भर्दै आएको नेपाली कांग्रेस त्यो बेला एक नयॅा र सफल पार्टीका रूपमा उदाएको थियो। जसले वर्तमानमा जनताको विश्वास गुमाएको छ।

nawajiwan

लामो समय राजनीतिमा प्रभावशाली रहेको नेपाली कांग्रेसलाई छिचोल्दै २०५२ सालदेखि २०६२ साल सम्मको जनआन्दोलनबाट आएको नेकपा माओवादी नयाँ पार्टी प्रतिनिधिसभामा आयो। प्रतिनिधिसभाकै ठूला पार्टी झन्डै बहुमत ल्याको दल माओवादीले नेपाली कांग्रेसलाई समेत पानी माग्न बाध्य बनाएको थियो। जनताको बाध्यताले होस् या आशाले ल्याको मतले बनेको नयाँ पार्टीले पनि जनता खुशी पार्न भने सकेन।

Attariya Hospital

२०७४ को निर्वाचनमा भने भूतमा स्थिर सरकार बनाउन नसकेको दल नेकपा ऐमाले नयाँ एजेन्डा र जनविश्वास बोकेर आएको थियो। त्यसमाका केहि एजेन्डा त विवादित नै भए।प्रतिनिधिसभामा ठुलो दल बन्यो तर कार्यकर्ता बाहेक अरूलाई खुसिभने पर्नसकेन झन उल्टै कोहि कर्यकर्ता दुःखि जनता बन्न पुगे।

फेरि त्यसैगरी अर्को नयाँ पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, २०८२ फागुन २१ गते हुने चुनावमा उउदैछ। अब प्रश्न यो हो कि भ्रष्टाचारमुक्त देश बनाउने भनेर हजारौँ युवा र २३–२४ गतेको Gen -Z आन्दोलनमा सहिद भएका अमर आत्माको सपनालाई पूरा गर्ने नाममा सत्तामा पुग्न सक्ने यो पार्टीले के त्यो सपना पूरा गर्ला कि गर्दैन?

कि अहिले “नयाँ” भनेर देखाइएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि केही वर्षमा पुरानै जस्तै भएर जानेछ र फेरि अर्को नयाँ पार्टीले त्यसलाई विस्थापित गर्नेछ?प्रश्न फेरि छ ,जनता नयाँ पार्टीले देखाएको आशा र सपनाले भरिएको नयाँ बाटोमा हिँड्लान्, कि ‘हात्तीको खाने दाँत र देखाउने दाँत’ भनेझैँ त्यहीँ पुरानै दललाई सरकार सुम्पिनेछन्।