घोडाघोडीमा ट्रयाक्टर व्यवसायीको तालाबन्दी खुले, नदीजन्य पदार्थ उत्खननमा सहजता

Image
Nisarga Hospital

घोडाघोडी नगरपालिकामा ट्रयाक्टर व्यवसायीले लगाएको तालाबन्दी आइतबार खुलेको छ। व्यवसायीले ढुंगा, गिट्टी र बालुवाको रोयल्टी संकलनको ठेक्का नलाग्दा नदीजन्य पदार्थ उठाउन नपाएको भन्दै कार्यालय घेराउ गरेका थिए। आर्थिक वर्षको सात महिनासम्म ठेक्का प्रक्रिया ढिलाइ हुँदा व्यवसायी र मजदुर प्रभावित भएका थिए।

CP Hospital Dhangadhi

व्यवसायी कुश तिवारीका अनुसार ढुंगा, गिट्टी र बालुवा समयमै उपलब्ध नभए राजस्व घाटा मात्र नभई स्थानीय उपभोक्तालाई समस्या भएको छ। नगरपालिकाले पाँच वटा नदी र खोलाको वातावरणीय प्रभाव मूल्यांकन तयार गरी माघ ८ गते मात्रै रोयल्टी संकलनको नयाँ ठेक्का आव्हान गरेको थियो।

Attariya Hospital

नगरप्रमुख खडकबहादुर रावतले ठेक्का प्रक्रिया पूरा भएपछि सहज ढंगले उत्खनन गर्न दिने सहमति भई तालाबन्दी खुलाइएको बताए। उनले सुनसरीको एचएम बिल्डर्स प्रालिले प्रस्तुत गरेको ठेक्का सम्झौतामा नआएकाले पहिलो ठेक्का रद्द भएको र फागुन मसान्तसम्म नदी–खोला खुल्ने स्पष्ट पारे। यस निर्णयले व्यवसायी, मजदुर र नगरपालिकाका लागि समस्या समाधान भएको छ।

nawajiwan