अछामको मेल्लेखबाट विभिन्न पार्टी परित्याग गरि ६ जना एमालेमा प्रवेश

Image
Nisarga Hospital

चुनावको मुखैमा मेल्लेख गाउँपालिका बाट विभिन्न पार्टी परित्याग गरि ६ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । मेल्लेख गाउँपालिका- १ र २ बाट विभिन्न पार्टी परित्याग गरि ६ जना परिवार सहित एमालेमा प्रवेश गरेका हुन् ।

CP Hospital Dhangadhi

ऋषिदहमा आयोजित चुनावी घरदैलो कार्यक्रमका क्रममा वडा नं-१ की निमिता धामी, गिता धामी र धनादेवी धामीको पुरै परिवार पार्टीमा प्रवेश गरेका एमाले अछामका सचिव हिरेण्ड भट्टराईले जानकारी दिए । त्यस्तै वडा नं-२ बाट महाविरे धामी, मंगल धामी र नरबहादुर बुढाको परिवार सहित एमाले प्रवेश गरेका हुन् ।

निकिता र नरबहादुर नेपाली काँग्रेस परित्याग गरि एमालेमा प्रवेश भएका हुन्, भने अन्य नेपाली कम्युनिष्ट पार्टालाई त्याग्दै एमालेमा समाहित भएका छन् ।

nawajiwan
Attariya Hospital

पार्टीमा प्रवेश गरेकाहरूलाई एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी, अछाम क्षेत्र नं-१ का एमाले उम्मेदवार दिपक साउँदले स्वागत गरेका थिए ।

उनीहरूको प्रवेशले मेल्लेख गाउँपालिकामा एमाले बलियो हुनेदेखिएको छ ।