देउवाविना डडेल्धुराको चुनावी रण: गढ जोगाउने कांग्रेसको कसरत, बहुदलीय प्रतिस्पर्धा तीव्र

Image
Nisarga Hospital

डडेल्धुरा: आसन्न प्रतिनिधिसभा निर्वाचनसँगै डडेल्धुराको राजनीतिक माहोल तातिएको छ। २०४८ सालदेखि लगातार जित्दै आएको गढ जोगाउने चुनौतीसँग नेपाली कांग्रेस यसपटक मैदानमा उत्रिएको छ। सात पटक यही क्षेत्रबाट निर्वाचित भई प्रधानमन्त्री तथा पार्टी सभापति बनेका शेरबहादुर देउवा यसपटक उम्मेदवार नहुँदा चुनावी समीकरण रोचक बनेको छ।

CP Hospital Dhangadhi

कांग्रेसका उम्मेदवार नैनसिंह महर मतदाताको मन जित्ने प्रतिबद्धतासहित घरदैलोमा सक्रिय छन्। देउवाको अनुपस्थितिले पार्टीलाई चुनौती थपिएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। कांग्रेस जिल्ला सचिव हेमराज चटौतका अनुसार देउवा स्वास्थ्य कारणले नियमित प्रचारमा नदेखिए पनि पार्टी कार्यक्रममा सहभागी हुनेछन्।

Attariya Hospital

उता नेकपा एमाले बाट चक्र स्नेही पहिलो पटक प्रतिनिधिसभा दौडमा छन्। एमाले जिल्ला अध्यक्ष गजेन्द्र शाहीले विकास र राष्ट्रियताको एजेन्डासहित विजयको दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का डा. ताराप्रसाद जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिँदै संघीय संसद्‌मा उम्मेदवारी दिएका छन्।

nawajiwan

कुल ९३ हजार ४०३ मतदाता रहेको एकमात्र निर्वाचन क्षेत्र डडेल्धुरामा १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। १०४ मतदानस्थल र १४१ केन्द्रमध्ये ३३ अति संवेदनशील सूचीमा छन्। करिब ३४ वर्षपछि देउवाबिना कांग्रेस उम्मेदवारलाई मत हाल्ने अवसरसँगै डडेल्धुराको परिणाम यसपटक विशेष चासोको केन्द्र बनेको छ।