कञ्चनपुरको दोधारा–चाँदनीमा कुलमानलाई २० किलोको मालासहित भव्य स्वागत

Image
Nisarga Hospital

कञ्चनपुर : कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङलाई कञ्चनपुरमा २० किलोको मालाले भव्य स्वागत गरिएको छ। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत दोधारा–चाँदनीमा शनिबार बिहान स्थानीय समर्थकले उनलाई उत्साहपूर्ण रूपमा स्वागत गरेका हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

काठमाडौं–३ का उम्मेदवारसमेत रहेका अध्यक्ष घिसिङ यतिबेला चुनावी प्रचारप्रसारका क्रममा देशदौडाहामा छन्। शुक्रबार धनगढी पुगेका उनी शनिबार कञ्चनपुर आएका थिए। स्थानीयस्तरमा उनको उपस्थितिले चुनावी माहोल थप तातेको छ भने समर्थकहरू उत्साहित देखिएका छन्।

nawajiwan