फागुन २१ को निर्वाचनको लागि सुदूरपश्चिममा थप प्रहरी परिचालन

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन प्रदेशका ९ वटै जिल्लामा थप प्रहरी परिचालन गरेको छ।

CP Hospital Dhangadhi

प्रदेश प्रहरीका प्रवक्ता पद्मबहादुर बिष्ट (एसएसपी) का अनुसार, जिल्लामा कार्यरत जनशक्तिलाई सहयोग पुर्‍याउन २१०८ जना प्रहरी खटाइने योजना रहेको छ। तीमध्ये हालसम्म १२४६ जना प्रहरी परिचालन भइसकेका छन् भने बाँकी केही टोली बाटोमै रहेको जानकारी उनले दिएका छन्।

Attariya Hospital

परिचालन भएका प्रहरीमध्ये ६४७ जना प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र र गणबाट खटाइएको हो भने ५९९ जना प्रहरी हेटक्वाटरबाट थपेर पठाइएको छ। बाँकी प्रहरीलाई पनि क्रमशः जिल्लातर्फ पठाउने प्रक्रिया जारी रहेको उनले बताए।

nawajiwan

प्रदेश प्रहरीले जनाएको छ कि निर्वाचनको समयमा सुरक्षा व्यवस्थालाई अझ मजबुत बनाउँदै कुनै अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यले अतिरिक्त प्रहरी परिचालन गरिएको हो। यस कदमले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विश्वास व्यक्त गरिएको छ।