निर्वाचन सुरक्षाः बैतडीको झुलाघाट नाका तीन दिन बन्द

Image
Nisarga Hospital

आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको झुलाघाट सीमानाका तीन दिनका लागि बन्द गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अघि अर्थात् फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म नाका बन्द रहनेछ।

CP Hospital Dhangadhi

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। भारतसँग करिब ३१ किलोमिटर सीमा जोडिएको यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने सशस्त्र प्रहरी बलका बीओपीमार्फत निगरानी कडा पारिएको छ।

Attariya Hospital

तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटबाट डुङ्गामार्फत हुने आवतजावतसमेत निर्वाचन अवधिभर बन्द गरिने बताइएको छ। अत्यावश्यक अवस्थामा भने दुई देशबीच समन्वय गरेर नाका खोल्न सकिने प्रशासनले जनाएको छ।

nawajiwan