कैलाली क्षेत्र नं. ४ मा आनन्दको लहर बढ्दै, झिलका १० युवा कांग्रेसमा प्रवेश

Image
Nisarga Hospital

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ को अभियानले युवापुस्तामा उत्साह थपिएको छ। यही क्रममा गौरीगंगा नगरपालिका–३, झिलका १० जना जेन–जी युवा औपचारिक रूपमा नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।

CP Hospital Dhangadhi

झिल वासुदेवमा आयोजित विशेष कार्यक्रममा उम्मेदवार आनन्दले नवप्रवेशी युवाहरूलाई टीका र खादा लगाएर स्वागत गरे। प्रवेश गर्नेहरूमा खेम थापा, जनक सिंह, विकाश साउद, राम साउद, सुरेश साउद, नवीन साउद, सुदन साउद, विक्की चौधरी, शेरबहादुर थापा र रुपेश जोशी रहेका छन्।

nawajiwan

Attariya Hospital

कार्यक्रममा बोल्दै आनन्दले युवाहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक अभ्यास सुदृढ हुने र विकासको यात्रामा नयाँ ऊर्जा थपिने बताए। नवप्रवेशी युवाहरूले शिक्षा, रोजगारी, पूर्वाधार र पारदर्शी नेतृत्वका स्पष्ट एजेन्डाका कारण आफूहरू कांग्रेसमा आबद्ध भएको जनाउँदै ‘रूख’ चिन्हमा मतदान गरी आनन्दलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे।

निर्वाचन नजिकिँदै जाँदा युवापुस्ताको बढ्दो झुकावले क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको स्थानीय विश्लेषकहरूको भनाइ छ।