
नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ भने १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ तोकिएको छ।

यसअघि सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो र १० ग्रामको मूल्य २ लाख ६८ हजार ५२० रुपैयाँ रहेको थियो। यसअनुसार एकै दिनमा सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले वृद्धि भएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९०४ रुपैयाँ कायम भएको छ।




सोमबार चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँ र १० ग्राम ४ हजार ६३८ रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला ३१० रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ।


































