आयोगको प्रतिवेदनमा उच्च प्रहरी अधिकारीमाथि कारबाहीः सुदूरपश्चिमका डिआईजी राना सहित प्रहरी अधिकारीहरुलाई कारबाही सिफारिस

Image
Nisarga Hospital

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केही अधिकारीमाथि विभागीय कारबाही सिफारिस गरेको छ। सार्वजनिक प्रतिवेदनमा राजनीतिक तथा उच्च नेतृत्वमाथि समेत फौजदारी कसुरमा कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ।

CP Hospital Dhangadhi

आयोगले जेनजी आन्दोलनका क्रममा कर्तव्यमा चुकेको ठहर गर्दै तत्कालीन काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यवाहक प्रमुख डीआईजी ओमबहादुर रानामाथि कारबाही सिफारिस गरेको छ। उनी हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख छन्।

त्यस्तै, काठमाडौं जिल्ला प्रहरी परिसरका तत्कालीन प्रमुख विश्व अधिकारी (हाल डीआईजी), उपत्यका प्रहरीका तत्कालीन एसएसपी दीपशमशेर जबरा र प्रहरी उपरीक्षक ऋषिराम कँडेललाई पनि कारबाही सिफारिस गरिएको छ।

आयोगका अनुसार प्रहरी ऐन २०१२ को दफा ९ को उपदफा ९ तथा प्रहरी नियमावली २०७१ को नियम १०९ अनुसार उनीहरू कर्तव्य पालनामा चुकेको देखिएको छ।

सरकारलाई आवश्यक प्रक्रिया अघि बढाउन आयोगले स्पष्ट निर्देशन दिएको छ। आयोगको प्रतिवेदन हाल सरकारसमक्ष पेश भई आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढ्ने चरणमा रहेको छ। भनी आयोगले जनाएको छ। घटनासम्बन्धी विस्तृत छानबिनका आधारमा भविष्यमा थप कारबाही पनि हुन सक्ने संकेत गरिएको छ।