बालेन प्रधानमन्त्री, सुदूरपश्चिमबाट दुई मन्त्री: रावल र चौधरीको उदय

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई संविधान अनुसार प्रधानमन्त्री बनाएका हुन्।

CP Hospital Dhangadhi

बालेन नेतृत्वको मन्त्रिमण्डलमा सुदूरपश्चिमबाट दुई मन्त्री समेटिने भएका छन्। रास्वपाकी सहप्रवक्ता प्रतिभा रावललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने तयारी गरिएको छ। समानुपातिक प्रणालीबाट कञ्चनपुरबाट निर्वाचित रावल पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी हुन्।

Attariya Hospital

एक दशकभन्दा बढी समय सञ्चार क्षेत्रमा सक्रिय रहेकी उनले साउथ एसिया चेक, रिपब्लिका र ग्यालेक्सी टिभीमा काम गरेकी थिइन्। साथै रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा समेत काम गरेकी थिइन्।

nawajiwan

त्यसैगरी कञ्चनपुरकी अधिवक्ता गीता चौधरीलाई कृषिमन्त्री बनाउने लगभग टुंगो लागेको छ। ३३ वर्षीया चौधरी शुक्लाफाँटा नगरपालिका–४ निवासी हुन्। यससँगै बालेन सरकारमा नयाँ अनुहारहरूको उदयले राजनीतिक वृत्तमा उत्साह थपिएको छ।