
दार्चुलाको शैल्यशिखर नगरपालिका–४ ओसिलमा भएको जीप दुर्घटनामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा इन्जिनियर मनिषा चन्द र सिनियर एसोसिएट अर्गनाइजर भरतबहादुर तितराको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

सुप्रप ०१ ००१ ज १६४१ नम्बरको जीप उक्त कार्यालयले भाडामा प्रयोग गरिरहेको थियो। जीपमा चालकसहित ६ जना सवार रहेको र उनीहरू कार्यका लागि ओसिलतर्फ जाँदै गरेका थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाले कार्यालयका कर्मचारीसहित स्थानीय क्षेत्रमा शोक छाएको छ भने घाइतेहरूको अवस्था बारे थप विवरण आउन बाँकी रहेको छ।






























