खाडीका लागि विशेष उडान: नेपालीको सहज आवागमनमा सरकारको पहल

Image
Nisarga Hospital

परराष्ट्र मन्त्रालयले ३ देखि ५ अप्रिल २०२६ सम्म खाडी मुलुकतर्फ विशेष उडान सञ्चालन गरिने जानकारी दिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा नेपाल वायुसेवा निगममार्फत यी उडानहरू सञ्चालन गर्न लागिएको हो।

CP Hospital Dhangadhi

गत मार्च ३१ मा मन्त्रालयमा बसेको बैठकले खाडी क्षेत्रमा रहेका नेपाली नागरिकको आवागमन सहज बनाउने तथा हवाई सेवा निरन्तरता दिने उद्देश्यले यस्तो निर्णय गरेको हो। बैठकमा परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका उच्च अधिकारी सहभागी थिए। पश्चिम एसियामा जारी तनाव र सुरक्षा अवस्थाका कारण फेब्रुअरी २८ देखि नियमित उडान स्थगित भएका थिए।

nawajiwan
Attariya Hospital

निर्धारित तालिका अनुसार अप्रिल ३ मा काठमाडौं–दुबई उडान राति ११:१५ बजे र अप्रिल ४ मा दुबई–काठमाडौं उडान बिहान ४:१० बजे हुनेछ। त्यस्तै, अप्रिल ५ मा काठमाडौं–दमाम बिहान ८:३० बजे र दमाम–काठमाडौं दिउँसो १२:२० बजे उडान हुने जनाइएको छ।

उडान व्यवस्थापनका लागि नेपाल वायुसेवा निगमलाई धन्यवाद दिँदै मन्त्रालयले बीमा व्यवस्थापनमा सहयोग गरेको राष्ट्रिय बीमा कम्पनीप्रति पनि आभार व्यक्त गरेको छ। साथै, अन्य सरोकारवाला निकायसँग समन्वय गर्दै नेपाली नागरिकको हित र अन्तर्राष्ट्रिय हवाई सम्पर्क सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

यसअघि अप्रिल १ मा कुवेत एयरवेजको जहाज भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा २९१ यात्रुसँगै ९ नेपालीको शव ल्याइएको थियो।

Advertize US