
कैलालीको गोदावरी–२ अत्तरियामा रहेको थ्रिडिभिएल बहुउद्देश्यीय सहकारी संस्थाले ६९औं सहकारी दिवसको अवसरमा सामाजिक कार्य गर्दै मनाएको छ।

संस्थाले गोदावरी नगरपालिका–१२ का क्यान्सर पीडित हेमन्त बडैलाको परिवारलाई ५,००० (FIVE THOUSAND) नगदसहित खाद्यान्न सहयोग गरेको छ। साथै वडा नम्बर–२ स्थित सुप समावेशी आधारभूत विद्यालयमा पनि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।
सहकारीका अध्यक्ष दीपक ओझाका अनुसार बचत र ऋण कारोबारसँगै सामाजिक उत्तरदायित्व पूरा गर्नु सहकारीको प्रमुख उद्देश्य हो। त्यसैअनुसार सहकारी दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी समुदायमुखी कार्यमार्फत मनाइएको उनले बताए।




स्थानीयस्तरमा गरिएका यस्ता सहयोगले सहकारीप्रति विश्वास बढाउने र सामाजिक सेवामा प्रेरणा दिने अपेक्षा गरिएको छ।



































