गेटा विश्वविद्यालय उच्च प्राथमिकतामा, आगामी सत्रदेखि पठनपाठन अनिवार्य सुरु हुने मन्त्रीको घोषणा

Image
Nisarga Hospital

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षा र स्वास्थ्य सरकारका उच्च प्राथमिकताका क्षेत्र भएको र गेटा विश्वविद्यालय विशेष प्राथमिकतामा रहेको बताएका छन्।

CP Hospital Dhangadhi

बुधबार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गेटामा जुनसुकै हालतमा पनि आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुरु हुने स्पष्ट पारे। सरकारले विश्वविद्यालयलाई आवश्यक स्रोत, संरचना र नीतिगत सहयोग प्रदान गर्ने तयारी गरेको उनले बताए।

मन्त्री पोखरेलले गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षा विकासको प्रमुख केन्द्र बनाउने लक्ष्य रहेको उल्लेख गर्दै ढिलाइ नगरी शैक्षिक कार्यक्रम अघि बढाइने प्रतिबद्धता जनाए। यस निर्णयसँगै गेटा क्षेत्रमा चिकित्सा शिक्षा सुरु हुने अपेक्षा थप बलियो बनेको छ।