रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद दिपक बोहरा नियुक्त

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दिपक बोहरालाई नियुक्त गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले बोहरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

यसअघि उक्त विभागको नेतृत्व पार्टी उपसभापति डा. डिपी अर्यालले सम्हाल्दै आएका थिए। तर उनी सभामुखमा निर्विरोध निर्वाचित भएपछि पार्टीको जिम्मेवारीबाट अलग हुनुपरेकाले प्रवास विभाग प्रमुख पद रिक्त भएको थियो।

Attariya Hospital

पार्टीले संगठन विस्तार र प्रवासमा रहेका नेपालीहरूको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको जनाएको छ। बोहराको नियुक्तिसँगै प्रवास विभागलाई थप सक्रिय र सशक्त बनाउने अपेक्षा गरिएको छ।

nawajiwan