कैलालीको गोदावरीमा आजदेखि भर्ना अभियान: वैशाख १५ बाट कक्षा सञ्चालन हुने

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३ का लागि आज (वैशाख ७) देखि भर्ना अभियान सुरु भएको छ। नगर कार्यपालिकाको गत शुक्रबार बसेको बैठकले भर्ना अभियान छिटो सुरु गर्ने निर्णय गर्दै वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको हो।

CP Hospital Dhangadhi

यसअघि Government of Nepal ले वैशाख १५ देखि भर्ना र वैशाख २१ देखि अध्ययन–अध्यापन सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर गोदावरी नगरपालिकाले स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै भर्ना अभियान अगाडि बढाएको हो।

Attariya Hospital

नगरपालिकाले अभिभावक तथा विद्यार्थीलाई समयमै विद्यालयमा सम्पर्क गरी भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। नयाँ शैक्षिक सत्रलाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने लक्ष्यसहित विद्यालयहरू तयारीमा जुटेका छन्। यस निर्णयले विद्यालय भर्ना दर बढाउने र शैक्षिक गतिविधि समयमै सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

nawajiwan