
Gen Z Movement Nepal ले गृहमन्त्री Sudhan Gurung माथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिन सुनिश्चित गर्न तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग कडा माग गरेको छ। प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा मन्त्री पदमा रहँदा अनुसन्धान प्रभावित हुने र स्वार्थको द्वन्द्व स्पष्ट देखिने उल्लेख गरिएको छ।

विज्ञप्तिमा आफ्नै विरुद्धको छानबिन प्रक्रियामा मन्त्री पदमै रहनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत हुने दाबी गर्दै निष्पक्ष न्यायका लागि पदत्याग अनिवार्य भएको बताइएको छ।

साथै, सरकारलाई मन्त्री नियुक्ति र हटाउने प्रक्रियालाई राजनीतिक खेल नबनाउन चेतावनी दिँदै जिम्मेवार र पारदर्शी निर्णय लिन आग्रह गरिएको छ। क्याबिनेट निर्णय गम्भीर नैतिक र राजनीतिक विषय भएकाले परिपक्व नेतृत्व आवश्यक रहेको पनि उल्लेख छ।

वक्तव्यमा ७६ शहीदहरूको बलिदानबाट प्राप्त जनादेशमाथि खेलवाड गर्न नहुने उल्लेख गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने चेतावनी दिइएको छ। विवादास्पद व्यापारी Dipak Bhatt सँगको साझेदारी बाहिरिएपछि गुरुङमाथि प्रश्न झनै गहिरिँदै गएको छ।





























