मायामेट्रो हस्पिटलले बस यात्रुका लागि उपचारमा छुट सम्झौता, दुर्घटना घाइतेलाई १५ प्रतिशत राहत

Image
Nisarga Hospital

अत्तरियाः पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. र पोखरा स्थित माया मेट्रो अस्पतालबीच यात्रुहरूको स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएको छ। सम्झौता २०८३ वैशाख ९ गते हस्ताक्षर गरिएको हो।

CP Hospital Dhangadhi

सम्झौता अनुसार कम्पनीअन्तर्गत सञ्चालन हुने बसहरू सडक दुर्घटनामा परेमा घाइते यात्रुहरूले अस्पतालमा उपचार सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन्। उक्त छुट औषधी, बेड चार्ज, अपरेशन, भिडियो एक्स-रे, इन्डोस्कोपी, सिटी स्क्यान तथा ल्याब परीक्षण लगायतका सेवामा लागू हुनेछ।

Attariya Hospital

सम्झौतामा बस सञ्चालक कम्पनीका अध्यक्ष ऐन कुमार साई र माया मेट्रो अस्पतालका निर्देशक डा. मोहन साउँदले हस्ताक्षर गरेका छन्।

nawajiwan

यस सम्झौताले दुर्घटनामा परेका यात्रुहरूको उपचार खर्च कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यातायात क्षेत्र र स्वास्थ्य संस्थाबीच सहकार्यको नयाँ उदाहरण स्थापित भएको छ।