रोल्पामा भयावह दुर्घटना: जिप भिरबाट खस्दा १७ जनाको दर्दनाक मृत्यु

Image
Nisarga Hospital

रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको ज्यान गएको छ। रुकुम पूर्वबाट जलजलातर्फ वैशाख पूर्णिमाको मेलामा सहभागी हुन जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

दुर्घटनास्थलमै १७ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ। जिपमा मेलामा सहभागी हुन जाने यात्रुहरू सवार रहेको बताइएको छ।

Attariya Hospital

रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको टोली तत्काल उद्धार तथा खोजी कार्यका लागि घटनास्थलमा परिचालित भएको छ। दुर्गम र अप्ठ्यारो भूगोलका कारण उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ।

nawajiwan

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।