बालकमाथि निर्मम कुटपिट: कञ्चनपुरमा एक जना पक्राउ

Image
Nisarga Hospital

कञ्चनपुरमा ११ वर्षीय बालकमाथि हातखुट्टा बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वेदकोट नगरपालिका–५ का ३७ वर्षीय भोजनाथ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार घटना सम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार बालक चौधर नदीपूर्वस्थित नाथको तरकारी बारीमा क्रिकेट बल खोज्न गएका बेला खरभुजा चोरी गरेको आरोप लगाउँदै कुटपिट गरिएको थियो। कुटाइबाट घाइते भएका बालकको टाउकोमा गम्भीर चोट लागी तीन वटा टाँका लगाउनु परेको प्रहरीले जनाएको छ।

Attariya Hospital

घटनाको भिडियोमा बालकका हातखुट्टा बाँधेर थप यातना दिइएको देखिएको छ। अभियुक्त नाथविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ। बालकका आमाबुवा भारतमा मजदुरी गर्न गएको अवस्थामा उनी हाल वेदकोटमा बज्यैसँग बस्दै आएका थिए।

nawajiwan