आजको मौसमः देशभर आंशिक बदली, कतिपय स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा दिउँसो थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।

CP Hospital Dhangadhi

यसैगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।

Attariya Hospital

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली कायम रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। ती प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

nawajiwan

मौसमको यस अवस्थाले दैनिक जनजीवनमा सामान्य प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।