सर्पदंश नियन्त्रणमा सुदूरपश्चिममा युद्धस्तरको अभियान : मृत्यु घटाउने सरकारको कडा लक्ष्य

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट हुने मृत्यु र अपाङ्गता घटाउन सरकारले उपचार सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ। सन् २०३० सम्म सर्पदंशजन्य मृत्युदर र अपाङ्गता ५० प्रतिशतले घटाउने लक्ष्यअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म सेवा विस्तार गरिरहेको छ।

CP Hospital Dhangadhi

यसैअन्तर्गत डडेलधुराको जोगबुडा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको कोल्टी आधारभूत अस्पतालमा सेवा विस्तारको तयारी गरिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरी दुई दिने विशेष तालिममार्फत उनीहरूलाई सर्पदंश उपचारमा दक्ष बनाइएको छ।

जिल्ला सदरमुकामका अस्पतालमा सेवा निरन्तर छ भने नेपाली सेनाका बडैपुर र अर्जुनी उपचार केन्द्रले पनि महत्वपूर्ण भूमिका खेलिरहेका छन्। समन्वयले सेवा थप प्रभावकारी बनेको छ।

nawajiwan
Attariya Hospital

महाकाली प्रादेशिक अस्पतालमा पछिल्ला वर्षहरूमा सर्पदंशका कारण मृत्यु शून्य रहेको तथ्याङ्कले उपचार प्रभावकारी भएको देखाउँछ। पछिल्लो छ महिनामा आएका ३२ विषालु सर्पदंशका बिरामी पनि सफल उपचार भएका छन्।

तर, भेक्टर कन्ट्रोल अधिकृतका अनुसार ढिलो उपचार, झारफुक, घरेलु उपचार र जनचेतनाको कमीका कारण अझै मृत्यु हुने जोखिम छ। ग्रामीण क्षेत्रमा छिटो उपचारका लागि मोटरसाइकल प्रयोग प्रभावकारी हुने सुझाव पनि दिइएको छ।

साथै सर्पलाई मार्ने प्रवृत्तिले पारिस्थितिक प्रणालीमा असर पर्ने भन्दै सुरक्षित दूरी र सचेतनामा जोड दिइएको छ। ‘एन्टिस्नेक भेनम’को सहज उपलब्धता, स्वास्थ्य पूर्वाधार विस्तार र निरन्तर तालिमलाई लक्ष्य प्राप्तिको मुख्य आधार मानिएको छ।