
सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पुनर्विचारका लागि फिर्ता भएको अध्यादेश पुनः जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री Sasmita Pokharel ले जानकारी दिए।

बैठकले उद्योगहरूमा इलेक्ट्रोनिक बोइलर प्रवर्द्धन, वायु गुणस्तर मापन क्षमता विस्तार तथा विश्व बैंकबाट प्राप्त ५२ मिलियन अमेरिकी डलर सहुलियत ऋण र ५ मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी भारतसँग जिटुजी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिइएको छ।

साथै, सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्दै संसद् भवन प्रवेश व्यवस्थालाई व्यवस्थित बनाउने निर्णय पनि गरिएको छ।






























