ओमानसँग निर्णायक भिडन्तमा नेपाल, जितको दबाबमा घरेलु टोली

Image
Nisarga Hospital

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम तथा छैटौं खेलमा आज नेपाल र ओमान आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुने यो खेल नेपालका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

घरेलु मैदानमा जारी शृङ्खलामा नेपालले यूएईविरुद्ध दुई जित हात पार्दा ओमानसँग एक खेल गुमाएको छ। पहिलो खेलमा यूएईलाई ३७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग १०२ रनले हार्यो। तेस्रो खेलमा भने यूएईमाथि ६ रनको रोमाञ्चक जित निकाल्दै नेपालले आत्मविश्वास बढाएको थियो।

आजको खेलमा नेपालमाथि जित निकाल्ने ठूलो दबाब छ, किनकि ओमान त्रिवि मैदानमा नेपालविरुद्ध अहिलेसम्म अपराजित रहेको छ। लिग–२ को अंकतालिकामा ३१ अंकसहित तेस्रो स्थानमा रहेको ओमान बलियो अवस्थामा छ भने १६ अंक जोडेको नेपाल नवौं स्थानमा छ।

विश्वकप छनोट यात्रालाई मजबुत बनाउन नेपालका लागि आजको खेल निर्णायक बन्ने देखिन्छ।