
हाम्रो लागि त राम्रो प्राण भएको सहर हुनसक्छ,
महासय फूल त कागजको पनि सुन्दर हुनसक्छ।
लडेका हुन्छन् सिरमा कात्रो बांधेर अरूकै लागि,
अचम्म पर्छु शहिद बन्न पनि केको कर हुनसक्छ।
बा आमा भन्नु हुन्थ्यो बाबु पाप लाग्छ झुट नबोले,
यहाँ त सचको भन्दा झुटको धेरै असर हुनसक्छ।
विकास गर्न गारो छ बिनास त धमाधम हुँदै आयो,
राजधानी च्याट पर्यो यो सहरपनि बगर हुनसक्छ।
खोला बिकेकैथिए ढुङ्गा काला सेता उत्खनन् हुँदा,
डर छ पानीको खानिमा जमिन बञ्जर हुनसक्छ।
यो पुँजिवादी समाजमा रूपियाँ को खेल हो सारा,
दुश्मन सँग मिल्यो भन्ने आफ्नैको खबर हुनसक्छ।

॥१॥
भन्छ अब यो देश छिट्टै साहुकार हुनसक्छ,
टहरा भत्काएपछि त्यो बफादार हुनसक्छ।

जब खुब तताएपछि फौलाद पिट्छ घनले,
त्यसपछि बल्ल आफ्नो औजार हुनसक्छ।
हजुर यो उहि गरिब सुकुम्बासि हो आफ्नो,
गास बासका लागि मेरो हतियार हुनसक्छ।
कुटाई नखाई कहाँ बन्छ र धारिलो बफादार,
दमन गर्छौँ रत ऊ जितको आधार हुनसक्छ।
हिंजोपनि उनैमा राजनीति आजपनि उनैमा,
उन्लाई हात लिएरनै भने अनुसार हुनसक्छ।
गरिबलाई भोक रोग र शोकले छाडेन साथि,
त्यही त उनैमाथि धोका लगातार हुनसक्छ।
॥२॥
टाडासम्म स्कुल छैन तर गाउँमै मन्दिर बनाउछन्
बिस्वास छ कुनैदिन ढुङ्गाले नै अमिर बनाउछन्।
म भन्छु यही मानिस हो जसले भगवान बनायो,
आफैले आफूलाई गुल्टाउन फेरी भिर बनाउछन्।
किन पुज्छन् मानिस ढुङ्गा,माटो पुज्दैनन् जसले,
माटोमै उब्जाई चामल दोएर दुध खिर बनाउछन्।

मिठो बोल्छन् उनै हुन्छन् सफल यो थाहा हुदाहुदै,
पनि कतिले आफ्नै जिब्रोलाई नै झिर बनाउछन्।
आफ्नै हुन्छन् जसले भित्र पसेर बार गर्छन् मुटुमा,
धनमान् बन्नकै लागि अरूलाई फकिर बनाउछन्।
तिमिलाई सम्मान गर्नु थियो रत कम्पनि बनाएका,
धनमान् बन्छन् उनै जस्ले खादा अविर बनाउछन्।
॥३॥
आफ्ना नागरिकलाई घरबार बिहिन बनाएर,
के फाइदा छ सरकार रोजगार बिहिन बनाएर।
खै यादनै गर्दैनन् भन्न त मिल्दैन जनताहरूले,
मनलाई अवश्य राख्छन प्यार बिहिन बनाएर।
उसले लालपुर्जाको बाटो कुरेर बाँचेको थियो,
यो नयाँ सरकार आयो संसार बिहिन बनाएर।
ऐलानीमा घर बनायो पसिना पोखेर विदेशमा
सरकार मख्ख छ मन उपकार बिहिन बनाएर।
फाशिष्ट बन्न खोज्दैछ ऊ सरकार हाम्रै देशको,
भ्रष्टाचार लुकाउन नै समाचार बिहिन बनाएर।
यो देशलाई फेरी गृहयुद्धतर्फ ढेक्लन थालियो,
देश अखण्ड हुनसक्थ्यो गद्दार बिहिन बनाएर।
सुरेशकुमार पाण्डे दाङ घोराही १८































