
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको छ। बैठकमा सचिवालय सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ।

बैठकका मुख्य एजेन्डा:

- भेला तथा अधिवेशनको विशेष तालिका निर्धारण
- आयोग र विभागका पदाधिकारी मनोनयन
- जिल्ला समिति विघटन सम्बन्धी छलफल
- अनुशासनात्मक कारबाहीका विषय
- केन्द्रीय समिति बैठकको तयारी
- विविध विषयमा छलफल

पार्टीले संगठनात्मक संरचना सुदृढीकरण र आगामी कार्यक्रमलाई व्यवस्थित बनाउने उद्देश्यसहित बैठक बोलाएको जनाएको छ। बैठकमा उठ्ने निर्णयले पार्टीको आन्तरिक गतिविधि र आगामी रणनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।






























